चर्चित पूर्वगोलरक्षक पिटर बोनेट्टीको मृत्यु
इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका चर्चित पूर्वगोलरक्षक पिटर बोनेट्टीको मृत्यु भएको छ । लामो समयदेखि बिरामी रहेका उनक आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । बोनेट्टी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक पनि हुन्।
बोनेट्टीले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी आफ्नो समयका चर्चित गोलरक्षक थिए ।
बोनेट्टीको निधनमा इङ्ल्यान्डको फुटबल संघ (एफए), चेल्सीलगायतका विभिन्न क्लब र विश्वभरका फुटबल खेलाडीले उनको आत्माका चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्। बोनेट्टी चेल्सीको जीवित इतिहास थिए।