हेटौंडामा ६ रुपैयाँको सर्जिकल मास्क २० रुपैयाँ

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार २२:४४
;

हेटौंडामा सर्जिकल मास्कलाई २० रुपैयाँको दरले बिक्री वितरण भईरहेको सार्वजनिक भएको छ । जिल्ला प्रशासनले मकवानपुरमा कुनैपनि कालो बजारी नभएको सार्वजनिक दाबी गरेकै समयमा होलसेल मूल्य प्रति गोटा ६ रुपैयाँ पर्ने सर्जिकल मास्क २० रुपैयाँको दरले बिक्री भईरहेको पाईएको हो । 

नियमानुसार व्यवसायीले खरीद मूल्यमा २० प्रतिशत मुनाफा थपेर बेच्न पाउने प्रावधान छ । सो अनुसार प्रति मास्क ७ रुपैया २० पैसा भन्दा बढी लिनु कानून विपरित हुन्छ । 

हेटौंडा वडा नम्बर–४ को आकस्मिक औषधि पसलले गत बैशाख २ गतेको मितिमा प्रति मास्क २० रुपैयाँको दरले हेटौंडाकै एक व्यवसायिक संस्थालाई बिक्री गरेको फेला परेको थियो । खरीदकर्ता सो व्यवसायिक संस्थाले आफ्नो कम्पनीमा कार्यररत कर्मचारीका लागि मास्क खरीद गरिएको बताएको छ । प्यान नम्बर ३०१८६७१४० उल्लेख भएको १ सय २ नम्बरको बील मार्फत ५० प्रति मास्कको १ हजार रुपैयाँ लिएर बिक्री गरेको तथ्य फेला परेको हो । 

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयका अधिकृत देवचन्द्र गर्तौलाले यस विषयमा अनुगमन गरिने बताएका छन् । केही दिन अघि मकवानपुरका सिडिओ दीपकराज नेपालले जिल्लामा कालोबजारी नभएको सार्वजनिक रुपमै दाबी गर्दै आएका थिए । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*