हेटौंडामा मास्कमा कालोबजारी हुँदा पनि सिडियो मौन

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १९:२०
;

गत बैशाख २ गते हेटौंडा बजारमा सर्जिकल मास्कलाई प्रति गोटा २० रुपैयाको दरले बिक्री भएको थियो । अधिकृत बिक्रेताको मूल्य प्रति गोटा ६ रुपैया पर्ने सर्जिकल मास्क २० रुपैयाको दरले बिक्री वितरण भएको थियो । मकवानपुरमा कालाबजारी नभएको दाबी गरिरहेको प्रशासनले यो तथ्य सञ्चारमाध्यममा सार्वजनिक हुँदा समेत यस विषयमा यो समाचार तयार पार्दा सम्म अनुगमन गर्न नगएको पाईएको छ । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, अजर अमर रोडमा रहेको एक फार्मेसीले प्रति गोटा २० रुपैयाको दरले सर्जिकल मास्क बिक्री गरेको थियो । यस विषयमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले अनुगमन गर्न आफूले निर्देशन दिएको बताएका छन् । 

""
यस विषयमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत देवचन्द्र गर्तौलाले सो सर्जिकल मास्कको अधिकृत बिक्रेताको खरीद प्रक्रियाको समेतको अनुगमन हुने जनाएका छन् । 

सर्जिकल मास्कको व्यवसायीले भने खरीद गर्दा नै महङ्गो परेकाले २० रुपैयाँको दरले बिक्री गरेको दाबी गर्दै आएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*