मन्त्रीपरिषदको बैठक आज ११ बजे बस्दै
आज सोमबार बिहान ११ बजेका मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकमा नियमित भइरहेका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने एकमन्त्रीले बताएका छन् ।
बैठकका एजेण्डाबारे नखुलाए पनि नियमित काम कारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने जनाईएको छ ।
स्रोतका अनुसार आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्छ । त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।











