मन्त्रीपरिषद बैठक आज ११ बजे, सरकारद्वारा जारी अध्यादेश माथि छलफल हुने
प्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज शुक्रबार बिहान ११ बजेका लागि अध्यादेश माथि छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले जारी गरेका दुई अध्यादेशमध्ये राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता गर्ने सम्भावना छ। पार्टी फुटाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले अध्यादेश अगाडि बढाएका थिए भने तत्कालै राष्ट्रपतिले त्यसमा लालमोहर लगाएकी थिइन्।
सरकारद्वारा हचुवाको भरमा जारी भएको अध्यादेशले राजनीति गर्माएको बेला मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
जनकपुरबाट समाजवादी पार्टीका सांसदको अपहरण प्रकरणपछि प्रधानमन्त्रीको नियतमाथि पार्टीभित्रै चर्को आलोचना भइरहेको छ।