नेकपाको सचिवालय बैठक आज ४ बजे बस्दै

हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार १९:३७
;

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शनिबार अपराह्न ४ बजे बैठक बस्ने भएको हो । 

सचिवालय बैठक बस्नुअघि नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलुकी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए। आज विहानमात्रै आफ्नै प्रचण्डले निवास खुमलटारमा पूर्व माओवादीका नेताहरुसँग छलफल गरेका थिए।

गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि आएको उक्त प्रस्तावले नेताहरु अलमलमा परेका छन्।

आजको सचिवालय बैठकबाट पछिल्लो विवादको निकास निस्किने नेताहरुले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*