सेटिङ् मिलाउदै प्रधानमन्त्री ओली

हेटौडा न्युज
२१ बैशाख २०७७, आईतवार ०१:५५
;

प्रधानमन्त्री केपी शर्मा ओली एकाएक आन्तरिक समिकरणमा लागेका छन् । ९ सदस्यीय सचिवालयमा अल्पमतमा रहेका ओलीले आज दिनभर आफ्नो पक्षमा बहुमत जुटाउन लागि परेको बुझिएको छ ।

ओलीले आज नेकपा उपाध्यक्ष वामदेव गौतमसंग भेट गरे । उनको पक्षमा उभिन वामदेव तयार भएको नेकपा स्रोतले बताएको छ । यद्यपी ओलीले वामदेवलाई कसरी मनाए भन्ने विषय खुलिसकेको छैन ।

उनलाई गृहमन्त्री रामबहादु थापा बादलको पनि साथ रहेको बुझिएको छ । ओलीको पक्षमा बहुमत पुग्यो भने हाललाई समस्या समाधान हुने ओली पक्षका नेताहरुले बताएका छन् । ओलीले सचिवालय बैठक बस्नुअघि शितलनिवास पुगेर राष्ट्रपतिसंग पनि भेट गरेका छन् ।

ओलीले आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि आफ्नै रोहवरमा राखेका छन् । यसअघिको बैठकमा प्रचण्डलाई अन्य सचिवालय सदस्यहरु संगै राखिएको थियो ।

ओलीले आज प्रचण्डको आसन पनि फेरि दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*