नेकपाको स्थायी कमिटीको बैठक २५ गते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । नेकपा भित्रको विवाद समाधानका लागि बसेको बैठकले स्थायी समितिको बैठक आगामी बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।
आज शनिवार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
सो निर्णयसंगै नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए ।
त्यस्तै आज बसेको बैठकले अर्को सचिवालयको बैठक आगामी बैशाख २४ गते बस्ने निर्णय गरेको छ ।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।











