लकडाउन खुले पनि सौराहाका होटलहरु दशैंसम्म बन्द हुने

हेटौडा न्युज
२१ बैशाख २०७७, आईतवार १९:३१
;

कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि देशभर लकडाउन गरेको छ । लकडाउनसँगै बन्द भएका सौराहाका होटलहरु पनि बन्द छन् । 

लकडाउन भए लगतै बन्द भएका सौराहाका होटलहरु दशैँअघि नखुल्ने निश्चित भएको छ । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक रुपमा संचालनमा आएका होटलहरुले दशैँमा मात्र खोल्ने तयारी गरिएका छन् ।
 
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत रहेको बताएका छन् ।

लकडाउनसंगै होटलहरु बन्द भएका कारण होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको उनीहरु बताउछन् ।
 
चितवन र नवलपरासीमा १ सय ५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको संघको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*