नेकपा सचिवालय बैठक आज

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार १३:५७
;

स्थायी कमिटीमा एजेन्डा पेस गर्ने विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने नेकपाको स्थायी कमिटीमा पेस गर्ने एजेन्डाबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो।

गत वैशाख २० गतेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने र त्यसअघि २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बस्ने बताएका थिए।

सरकारले गत वैशाख ८ गते ल्याएको दुई अध्यादेशपछि नेकपामा पछिल्लो विवादको सूत्रपात भएको थियो। सचिवालय बैठकमै प्रधानमन्त्रीको राजीनामा समेत मागिएको थियो। शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गरेको भनिए पनि स्थायी कमिटीमा विवादको स्वरुप कस्तो हुने भन्ने निर्क्यौल भइसकेको छैन।

अध्यादेश जारी भएपछि नेकपामा २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई लिखित अनुरोध समेत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*