प्रधानमन्त्री ओलीले निहुँ खोजे अब ठीक हुँदैन 

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार १७:५१
;

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिएको छ । गत शनिवारको सचिवालय बैठक पछि केही शान्त बनेको नेकपाको विवाद फेरि चुलिएको हो ।

हिजो बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकको नेकपाको सचिवालय बैठक चल्दा चल्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अचानक उठेर हिडेपछि नेकपाको भित्रको विवाद थप चुलिएको छ । 

नेकपाको स्थायी कमिटी बैठकको माग गरेका नेताहरुले प्रधानमन्त्री ओलीले अभद्र व्यवहार देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले हिजोको सचिवालय बैठक निर्णय विहिन बनाएर आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगन गरेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका हुन् ।

स्थायी समिति सदस्यहरु  एक ब्यक्ति एक मुख्य जिम्मेवारीको तल देखि माथि सम्म लागु हुनु पर्ने माग कडा रुपमा उठाउने तयारी गरिरहेका थिए । तर प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको उनिहरुको आरोप छ । प्रधानमन्त्री ओलीको यो शैलीलाई अलोकतान्त्रिक चरित्रका रुपमा उनीहरुले व्याख्या गरेका छन् ।

नेकपाको एक स्थायी समितिका सदस्यका अनुसार उनिहरु फेरी ओलीलाई दबाब दिने रणनीतिमा रहेका छन्। उनले भने ’ओलीले निहुँ खोजे अब ठीक हुँदैन ।’

बैठक फेस गर्न नसकेर ओली भागेको आरोप लगाइन् नेकपा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओली बैठक फेस गर्न नसकेर भाग्न खोजेको जस्तो देखिएको बताइन् । यो प्रधानमन्त्रीको अलोकतान्त्रिक चरित्रको हो । उनले आरोप लगाइन् ।

शाक्यले सोझो शब्दमा ओलीले निहु खोजेको बताइन् । उनले त्यसको परिणाम ठीक नहुने चेतावनी पनि दिइन् । 

प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद चुलिएको छ। विवाद बढ्दै गएपछि २० स्थायी समिति सदस्यले बैठकको माग गरेका थिए। 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*