चिनियाँ नागरिक र प्रहरीबीच झडप, ४७ जना पक्राउ

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार २३:५६
;

सिंहदरवार अगाडी प्रहरी र चिनियाँ नागरीक बिच झडप भएको छ । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो।

जानकारी विना नै लकडाउनको अवधिमा निषेधित क्षेत्र भित्र प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिनखोज्दा झडप भएको हो ।

महागनरीय प्रहरी कार्यालयको अनुसार सिंहरदरबार अगाडि लककडाउनको अवधिमा स्वदेश फिर्ताको माग गर्दै विना जानकारी घर्ना दिन पुगेका चिनियाँ नागरिक जम्मा भएको र सुरक्षाकर्मी भिड नियन्त्रण गर्न खोज्दा उनिहरुले प्रहरीलाई ढुंगामुढा गरेको हो ।

त्यसक्रममा ४७ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*