नेकपाका सांसदद्वारा अतिक्रमित भुमी फिर्ताको माग गर्दै संकल्प प्रस्ताव दर्ता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले नेपालको अतिक्रमित भुमी फिर्ताको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन् । भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमण गरेको भूमि फिर्ताकामे माग गर्दै नेकपाका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको भएको ऐतिहासिक प्रमाण, तथ्यहरुले प्रमाणित भएको भन्दै नेकपा सांसदहरु गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाक्री लगायतले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
संकल्प प्रस्तावमा महाकाली नदी पूर्वको करिव ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग माग गरिएको छ ।