सरकार गम्भिर नभए भारतले नेपालीको आँगनमा जङ्गे पिल्लर गाडी दिन्छः सांसद कडरिया
नेपाल भारतको सीमा क्षेत्रमा सरकारले काँडेतार लगाएमा सांसद इन्दु कडरियाले एक वर्षको सेवा सुविधा बापतको रकम सहयोग गर्न तयार रहेको बताएकी छिन् । नेपाल भारतको सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसद कडरियाले काँडेतार वा पर्खाल लगाउन माग गर्दै आफ्ले सो रकम सहयोग गर्ने बताएकी हुन् ।
अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्ने नेपाली नागरीकलाई समस्या भएको उनले बताइन् । उनले भारतको यस्तै रवैयाले कुनै दिन तराई लगायत सीमा नाकामा बस्दै आएका नेपाली नागरीकको आगनमा जङ्गे पिल्लर गाडी दिने बताइन् ।
यस बारेमा सरकार गम्भिर नभए सीमा क्षेत्रमा बस्दै आएका नेपाली नागरीकको आगनलार्य भारत र नागरीकलाई भारतीय बनाइदिने अवस्था आउन सक्ने बताइन् ।
सरकारले समिा विवादको दिर्घकालिन समधानका रुपमा पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगउनुपर्छ ।