सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित 

हेटौडा न्युज
६ जेष्ठ २०७७, मंगलवार २१:४३
;

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले आर्थिक वर्ष २०७७ ÷०७८ को नीति तथा कार्यक्रमको विरोध गरेपनि सत्तापक्षको बहुमतबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

विभिन्न राजनीतिक दल र नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गर्नै आइरहेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई दिन छलफलपछि मंगलबार सभामुख अग्नि सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*