राष्ट्रिय सभाबाट फोन ट्यापिङको अधिकार गुप्तचर निकायलाई दिने विधेयक स्वीकृति
राष्ट्रिय सभाले गुप्तचर निकायलाई फोन ट्यापिङ (इन्टरसेप्सन)को अधिकार दिने गरी कानुन बनाउन स्वीकृति दिएको छ । बुधबार बसेको राष्ट्रिय संसदको सभाले नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।
बुधबार राष्ट्रिय सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुक र जनताको सुरक्षाका लागि आवश्यक व्यवस्थालाई समेटेर विधेयक ल्याइएको बताइन् ।
सो विधेयकमा व्यक्तिको समेत टेलिफोन ट्यापिङको अधिकार गुप्तचर निकायलाई दिने व्यवस्था गरिएको छ ।
राष्ट्रिय सभाबाट पारित भएको सो विधेयकमाथि प्रतिनिधि सभामा छलफल हुनेछ । प्रतिनिधि सभाले पनि सो विधेकलामई जस्ताको तस्तै पारित गरेकमा राष्ट्रिय अनुसन्धान विभागभित्र छुट्टै प्रतिगुप्तचरी संयन्त्र निर्माण हुनेछ । र उक्त प्रतिगुप्तचरी संयन्त्रले व्यक्तिको समेत फोन ट्यापिङको अधिकार प्राप्त गर्नेछ ।
हमाल प्रचलनमा रहेको कानूनमा फोन (कल) ट्यापिङका लागि अदालतको अनुमति अनिवार्य रहेको छ । राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभामा पनि पारित भएको खण्डमा गुप्तचर निकायले अदालतको अनुमति लिनुपर्दैन ।