निशान छाप परिवर्तनका लागि संघीय संसदमा संविधान संशोधन विधेयक दर्ता
सरकारले जारी गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा अंकित निशान छाप प्रयोगमा ल्याउन संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघिय संसद सचिवालयमा नयाँ नक्सा अैकित निशान छाप प्रयोगमा ल्याउन संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो।
नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्सा अनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।
शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुसूची( ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम कानुनमन्त्री तुम्बाहाङ्फेले संशोधन प्रस्ताव दर्ता गरेकी हुन्।
नेपालको संविधानको धारा ९९० को उपधारा ९२०मा नेपालको निशान छाप अनुसूची(३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची(३ को निशान छाप अंकित नेपालको नक्सालाई नेपालको वास्तिवक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची(३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन प्रस्ताव पेश गरिएको संशोधन विधेयककको उद्देश्य र कारणमा उल्लेख गरिएको छ।
हालको प्रयोगमा रहेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो।
संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।