सरकारले विदेशमा रहेका नागरिकलाई उद्दार गर्छः प्रधानमन्त्री ओली

हेटौडा न्युज
१३ जेष्ठ २०७७, मंगलवार ००:०१
;

प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नागरीकलाई सरकारले उद्दार गर्ने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको भन्दै उनीहरुकमो उद्दार गर्न सरकारले काम गर्ने बताएका हुन्।

 उनले विदेशमा रहेका आफ्ना नागरिकलाई सरकारले समयमा नै उद्दार गर्ने बताए । उनले भने, ‘सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ। निश्चिन्त रहन म आग्रह गर्छु।’

भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उनले बताए। स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए।

अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने पनि उनले बताए। समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने प्रधानमन्त्रीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*