मकवानपुरका दुई सहकारी एक भए

मकवानपुर । मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बीच एकीकरण भएको छ । दुई सहकारीको एकीकरण पछि मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने बताईएको छ ।
आज हेटौंडामा भएको एकीकरण कार्यक्रममा बागमती प्रदेश सहकारी रजिष्ट्रार विक्रमप्रसाद पाण्डेले एकीकृत कारोबार हुने गरि प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सहकारी रजिष्ट्रार पाण्डेले गुणस्तरीय सहकारी स्थापनाको लागि एकीकरण अबको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा सहकारीलाई नीतिविधि र प्रविधिमा रही एकीकरण गर्नु आजको आवश्यकता भएको मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले धारणा राखेका थिए ।