हेटौंडामा बन्ने भो चक्रपथ

हेटौडा न्युज
१२ असार २०७७, शुक्रबार १८:२६
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हर्नामाडी– हटिया– चुरियामाई हुँदै पदमपोखरी जोडने चक्रपथको स्तरीकरण गरी संचालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले सातौं नगरसभामा नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हर्नामाडी– हटिया– चुरियामाई हुँदै पदमपोखरी जोडने चक्रपथको स्तरीकरण गरी संचालनमा ल्याइने बताएकी हुन् ।

उपमहानगरले सो चक्रपथ निर्माण गर्न संघीय तथा प्रदेश सरकारसंगको आवश्यक समन्वयमा निर्माण कार्यलाई निरन्तरता दिने उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

६३ किलो मिटर लम्बाई रहने सो चक्रपथको निर्माण पश्चात नगरको आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका रहने जनाइएको छ ।

उपमहानगरले सो चक्रपथलाई स्तरीकरण गरी बाह्रै महिना संचालन योग्य बनाउने लक्ष्य लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*