३ सय ३४ परिवारको हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्य बिमा गरिदिने

हेटौडा न्युज
२७ असार २०७७, शनिबार १३:०२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गरिब, दलित र सिमात्कृत वर्गका ३ सय ३४ परिवारको स्वास्थ्य बिमा गरीदिने भएको छ । उपमहानगरले नगर क्षेत्र भित्रका अति गरिब, दलित र सिमात्कृत ३ सय ३४ परिवारलाई स्वास्थ्य बिमा गरिदिने भएको हो ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको उपमहानगरपालिकाका मेयर मेयर हरिबहादुर महतले जानकारी दिए ।

मेयर महतले नगरको १९ वटै वडाका अति गरिब परिवारलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य बिमा गरिदिन लागेको बताए ।

नगरका कोही पनि नागरिकलाई कुनैपनि रोग लागेमा एक लाख रुपैयाँसम्मको उपचार गर्नका लागि विमा मार्फत औषधि र उपचार गर्न मिल्नेछ । बिमा गरिएपछी एक वर्षसम्म एक परिवारका पाँच जनासम्मले एक लाख रुपैयाँको औषधि र उपचार गर्न पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*