भौतिक मन्त्री र सचिवको करार, नैतिक दबाब मात्रै भए कार्य सम्पादनमा चुनौति

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १२:४७
;

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्यर फुयाँलले मन्त्रालयका सचव तेजराज भट्टसँग कार्य सम्पादन करारनामा गराएका छन् । गत साउन १ गते बागमती प्रदेशका मुख्यमन्त्रीले प्रदेश मन्त्रीहरुसँग आर्थिक बर्ष ०७७/०७८ का लागि लिखित कार्यसम्पादन करारनामा (प्रतिबद्धता) गराएका थिए ।

सार्वजनिक रुपमै करारनामा गराईएपछि मन्त्रीहरुलाई मातहतका मन्त्रालयमा समयसीमा भित्रै कार्यसम्पादन गर्न नैतिक दबाब हुने विश्वास लिईएको छ ।

हस्ताक्षर कार्यक्रममा नागरिकको सहभागितासहितको विकासका लागि राष्ट्रिय सरोकार र योजनाका विषयमा निश्चित समयसीमा भित्र योजना कार्यान्वय गर्न आग्रह गर्दै करारनामा बमोजिम कार्य सम्पादन नभए कार्य सम्पादन मूल्याङ्कन अनुसार कार्वाही समेत भोग्न कर्मचारीहरुलाई सचेत गराएका छन् ।

सो पछि प्रदेश मन्त्रीहरुले आफ्ना मन्त्रालयका सचिवसँग र सचिवले मन्त्रीको उपस्थितिमा मन्त्रालयका महाशाखा प्रमुखहरुसँग कार्यसम्पादन गरेका छन् । यस्रक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले हिजो साँझ मन्त्रायका सचिव तेजराज भट्टलाई कार्यसम्पादन करारनामा गराएका छन् । मन्त्री फुयालले सचिव भट्टलाई आर्थिक वर्ष ०७७/०७८ को लागि कार्यसम्पादन करारनामामा लिखित रुपमा हस्ताक्षर गराएका हुन् ।

तर कर्मचारीसँग गरिएको करारनामा नैतिक दबाब मात्रै हुने हो भने, सरकारी कार्यालयमा हुने परम्परागत रुपमा हुने ढिलासुस्ती, आर्थिक अपारदर्शीताले निरन्तरता पाउने आशंका भने कायमै रहेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रदेशका ग्रामिण क्षेत्र खरको छानो मुक्त गर्ने, भीमफेदी –कुलेखानी सुरुङमार्ग निर्माण टेण्डर, धादिङको रुवी भ्याली पर्यटन विकासको सम्भाव्यता, काँठ चक्रपथ निर्माण अध्ययन लगायतका कार्यहरु यस बर्षमा गरिसक्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*