सुनको मुल्य तोलामा ९७ हजार ५ सय

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार ११:२१
;

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्दै आएको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाले बढेर आज प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*