नेकपाको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।
आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
असार १० गतेदेखि सुरु भएको बैठक सहमतिको लागि भन्दै पटक(पटक स्थगित हुँदै आएको छ।











