दर्जनबढी ओभरलोड ट्रक मकवानपुर प्रहरी नियन्त्रणमा

मकवानपुर । क्षमता भन्दा बढी भार बोकेका मालबाहक ट्रक मकवानपुरमा नियन्त्रण लिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले क्षमता भन्दा बढी भार बोकेका दर्जन बढी ट्रकहरु नियन्त्रणमा लिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १७ टन भार क्षमता भएका ट्रकले २६ टन भार बोकेर आएकोले नियन्त्रणमा लिएको जनाएको छ ।
यातायात व्यवस्था विभागको भारबहन ऐन अनुसार क्षमता भन्दा बढी भार लिएर हिडेमा जरिवाना गरी बढी भएको भार मिलान गरेपछि मात्रै अघि बढ्न दिईने उल्लेख छ ।
ट्राफिकले नियन्त्रणमा लिएका ट्रकहरुलाई यातायात व्यवस्था कार्यालय, हेटौंडामा जरिवाना गर्न लागिएको नारायणी यातायात व्यवसायी संका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताएका छन् ।
दर्जनौ प्रहरी चेक प्वाईन्टले केही नगरी करीब ३ सय किलोमिटर पार गर्नुमा पोष्टमा रहेका प्रहरीको कार्यमाथि नै प्रश्न चिन्ह देखा परेको छ ।
पूर्वी नेपालको बिराटनगरबाट सिमेन्टको क्लिङ्कर लिएर आएको सो ट्रक प्रदेश १ र प्रदेश २ का दर्जनौ प्रहरी चेक प्वाईन्ट भएरै आएको थियो ।