सुन भाउ ९ सय रुपैयाँले घट्यो

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार १२:२४
;

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ भने सामान्य बढेको छ ।

महासंघका अनुसार आज तेजाबी सुनमा पनि प्रतितोला नौ सय रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तर, चाँदीको भाउ भने सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ आइतबार ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ एक हजार चार सय १० रुपैयाँ कायम छ । छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*