एकै दिन २४ सयले बढ्यो सुनको भाउ

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार ११:१९
;

काठमाडौं । नेपाली बजारमा सुन आज फेरि बढेको छ । बुधबार एकै दिन ६ हजार २ सयले घट्दै प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको सुन आज भने २४ सयले बढेर पुनः उकालो लागेको छ ।

सुनको आजको मूल्य ९७ हजार ८ सयमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि आज बृद्धि भएको छ ।

चाँदी आज ७० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*