फेरी एक लाख नाघ्यो सुनको मुल्य

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १२:३३
;

काठमाडौं । सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । यससँगै सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*