असाधारण खेलाडी, विवादित जीवनशैली

हेटौडा न्युज
१२ मंसिर २०७७, शुक्रबार ११:११
;

ब्युनर्स आयर्स । होचो कद, मोटो शरीर, मात्र ५ फिट ५ इन्चको उचाइका म्यारोडोना कुनै सामान्य खेलाडी थिएनन् । म्यारोडोनासँग चतु¥याइँ, गति, तीक्ष्ण नजर, फुटबललाई आफूसँग राख्ने क्षमता र ड्रिब्लिङजस्ता विशेष गुण थिए । डिएगो म्यारोडोना आफ्नो समयमा निकै अद्भुत खेलाडी थिए, त्यत्तिकै असाधारण पनि । अर्जेन्टिनी म्यारोडोनासँग प्रतिभा, नजर र गतिको भण्डार नै थियो । जसबाट उनी आफ्ना प्रशंसकलाई मन्त्रमुग्ध गर्न सक्दथे । उनले आफ्नो प्रतिभाबाट आफ्ना प्रशंसकलाई जति मन्त्रमुग्ध पार्दथे त्यति नै विवादित कदमबाट दुःखी पनि पार्दथे ।

म्यारोडोनाले आफ्नो विवादित ‘हेन्ड अफ गड्स’ गोलबाट सबैलाई चकित बनाए भने मैदानबाहिर ड्रग्स र नसालु पदार्थ लिएको आरोपमा पक्राउ परे । ६० वर्ष पहिले अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको गरिब बस्तीमा जन्मिएका म्यारोडोनाले गरिबीसँग लड्दै युवा अवस्थासम्म उनी फुटबलका सुपरस्टार बनिसकेका थिए ।

सोही कारण पनि उनलाई केही मानिसहरूले ब्राजिली महान खेलाडी पेलेभन्दा पनि सानदार खेलाडी मान्दै आएका छन् । म्यारोडोनाले कुल ४ सय ९१ खेलमा २ सय ५९ गोल गरेका छन् । एक सर्वेक्षणमा उनले पेलेलाई पछि पार्दै २०औं शताब्दीको सबैभन्दा महान् फुटबलरको उपाधि आफ्नो नाममा लेखाएका छन् । यसपछि फिफाले मतको नियम परिवर्तन गर्दै दुवै खेलाडीलाई सम्मानित गरेको थियो ।

म्यारोडोना विलक्षण प्रतिभाका धनी थिए । सानैदेखि सबैको नजरमा आउन थालेका थिए । उनले १६ वर्षको उमेरमै अन्तर्र्राष्ट्रिय फुटबलमा पाईला राखे । म्यारोडोनाले अर्जेन्टिनाका लागि कुल ९१ खेल खेले र कुल ३४ गोल गरे । तर उतार चढावले भरिएको उनको अन्तर्राष्ट्रिय करियरमा यो एक हिस्सा थियो । उनले अर्जेन्टिनालाई सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जिताएका थिए । चारपटक प्रतियोगिताको फाइनलसम्म पु¥याए । सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा म्यारोडोनाले केही त्यस्तो गरे, जसको चर्चा सधै हुनेछ । क्वार्टरफाइनलमा अर्जेन्टिना र इंल्यान्डबीच खेल थियो । दुवै देशबीच खेलअघि नै तनावपूर्ण स्थिति थियो ।

सन् २०१८ मा विश्वकप फुटबलमा अर्जेन्टिना र नाइजेरियाबीचको खेलको दौरान म्यारोडोनाको एक फोटो भाइरल बन्यो, यसबाट उनको अवस्था निकै बिग्रिएको देखिएको थियो ।

किनकी इंल्यान्ड र अर्जेन्टिनाबीच चार वर्षअघि मात्र फकल्यान्डको युद्ध भएको थियो । सन् १९८६ जुन २२ मा साससमेत रोक्ने खालको रोमाञ्चक खेलको ५१ मिनेट बितेको थियो । जसमा दुवै टिमबाट गोल हुन पाएको थिएन । यस समय म्यारोडोना विपक्षी टिमका गोलकिपर पिटर सिल्टनतिर अघि बढे र आफ्नो हातले फुटबललाई नेटभित्र हालिदिए । हातले छोएपछि गोल विवादमा आएको थियो ।

फुटबलको नियमअनुसार हातले छोएका कारण यो ‘फल’ मानिन्थ्यो । यसका लागि म्यारोडोनालाई पहेलो कार्ड देखाउनुपर्दथ्यो । तर त्यो समय भिडियो सहायता प्रविधि थिएन । रेफ्रीले यस गोललाई ठीकसँग देख्न पाएनन् । त्यसैले यसलाई गोल मानियो । योसँगै अर्जेन्टिना खेलमा १–० ले अघि बढ्यो । खेलपछि म्यारोडोनाले त्यो गोललाई थोरै आफ्नो टाउको र थोरै भगवान्को हातबाट गरिएको बताएका थिए । यसपछि फुटबलको इतिहासमा यस घटनालाई सधंै ‘हेन्ड अफ गर्ड’को रूपमा लिइने गरिन्छ । यस विवादित गोल गरेको चार मिनेटपछि म्यारोडोनाले केही यस्तो गरे, जसलाई ‘गोल अफ द सेन्चुरी’ अर्थात् शताब्दीकै गोल मानिन्छ ।

उनले फुटबललाई इंल्यान्ड टिमका ५ खेलाडी र अन्तिमका गोलकिपर सिल्टनलाई समेत बिट गर्दै पोस्टको दिशा दिएका थिए । यस खेलको बारेमा म्यारोडोनाले भनेका थिए, ‘यो खेल जित्नु भन्दा यसको उद्देश्य इंल्यान्डलाई विश्वकपबाट बाहिर गर्नु थियो ।’

ड्रग्स एडिक्ट
म्यारोडोनाले स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली जस्ता क्लबबाट खेलेका थिए । म्यारोडोना १९८२ मा तीन मिलियन पाउन्डमा स्पेनको फुटबल क्लब र दुई वर्षपछि उनी ५ मिलियन पाउन्डमा इटालीको क्लब नापोलीमा आबद्ध भएका थिए । जब म्यारोडोना हेलिकोप्टरमा इटालीको सान पाओलो स्टेडियम पुगे, त्यहाँ ८० हजारभन्दा बढी प्रशंसक आफ्ना स्टारलाई स्वागत गर्नका लागि उपस्थित थिए ।

इटालीमा म्यारोडोनालाई धेरै सम्मान मिल्यो । तर उनी यसबाट दिक्क भइसकेका थिए । एकपटक उनले भने, ‘यो निकै शानदार स्थान छ । म यहाँ मुस्किलले सास लिन पाउँछु । म स्वतन्त्र भएर, बिनामतलब यता उता घुम्न चाहन्छु । म कुनै आम मानिस जस्तै हुँ ।’ यस बीचमा उनी कोकीनको लतमा गए । उनको नाम इटालीको कुख्यात माफिया संगठन कैमोरासँग जोडिएको थियो ।

सन् १९९१ मा एक डोपिङ परीक्षणमा म्यारोडोनाको लागूऔषध प्रयोग गर्ने गरेको पुष्टि भयो । उनलाई १५ महिना फुटबलबाट प्रतिबन्ध गरिएको थियो । यसपछि सन् १९९४ मा अमेरिकामा भएको फुटबल विश्वकपमा म्याराडोनालाई प्रतिबन्धित ड्रग एन्फेड्रिन लिएको पाइएको थियो । प्रतियोगिताको बीचैमा उनलाई प्रतिबन्ध लगाइएको थियो ।

सन्यासपछिको जीवन
ड्रग्समा लगातार फसेपछि उनले आफ्नो ३७औं जन्मदिनमा व्यावसायिक फुटबलबाट सन्यास लिए । तर विवाद र समस्याले उनलाई छाडेन । म्यारोडोनाले एकपटक पत्रकारलाई एयर राइफलबाट गोलीसमेत चलाए, जसबाट उनले दुई वर्ष १० महिनाको जेल सजाय भोगे ।

कोकिन र अल्कोहलको लतका कारण उनको स्वास्थ्यसँग जोडिएका धेरै समस्या उत्पन्न भयो । उनको तौल बढेर १ सय २८ केजीसम्म पुगेको थियो । मोटोपन घटाउनका लागि म्यारोडोनाले सल्यक्रियासमेत गर्नुपरेको थियो । २००४ मा उनलाई हृदयघात भयो । यति मात्र नभएर ड्रग्सको लतबाट छुटकारा पाउनका लागि सहयोगसमेत लिनुपरेको थियो । यी सबै विवाद र समस्याका बाबजुत म्यारोडोना सन् २००८ मा अर्जेन्टिनी फुटबल टिमको प्रशिक्षक बने ।

उनी विभिन्न कारणले चर्चामा भने रहिरहे । एकपटक कुकुरले उनलाई ओठमा टोकिदिएको थियो, जसका कारण उनलाई सल्यक्रियासमेत गर्नुपरेको थियो । म्यारोडोनाले विवाहपछि बनेको सम्बन्धका कारण जन्मिएका छोरा डिएगो अरमान्डो जुनियरलाई सार्वजनिक रूपमा स्वीकार गरेका थिए । सन् २०१८ मा विश्वकप फुटबलमा अर्जेन्टिना र नाइजेरियाबीचको खेलको दौरान म्यारोडोनाको एक फोटो भाइरल बन्यो, यसबाट उनको अवस्था निकै बिग्रिएको देखिएको थियो । रुसमा उनले एक नाइजेरियाका प्रशंसकसँग डान्स गरेका थिए ।

खेल सुरु हुनुअघि आकाशतर्फ हेर्दै प्रार्थना गरे । मेस्सीको गोलमा खुसी मनाएका थिए । म्याचको दौरान उनी सुत्न पुगेका थिए र अर्जेन्टिनाले दोस्रो गोल गर्ने बित्तिकै बीचको औंलाले ‘सल्युट’ गरेका थिए । केही रिपोर्टका अनुसार म्यारोडोनाले जिन्दगीको अन्तिम वर्षमा आफ्नो जीवनशैली सुधार गर्नका लागि उपचार गरिरहेका थिए । हृदयघातकै कारण उनले बुधबार प्राण त्याग गरे ।

राजधानी दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*