मनहरीमा मुख्यमन्त्रीद्वारा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन

हेटौडा न्युज
२७ मंसिर २०७७, शनिबार १७:३७
;

मकवानपुर । मनहरी गाउँपालिकामा आजदेखि शुरु भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । मनहरी गाउँपालिकाका ९ वटा वडामा रहेका विभिन्न टिमहरुका बीच प्रतियोगिता हुने जनाईएको छ । समितिका अनुसार सम्बन्धित वडाको सिफारिशमा आएका टिमले मात्र सहभागिता जनाउन पाउने र प्रतियोगितामा भाग लिने खेलाडी समेत सोही वडाको नागरिक हुनु पर्ने प्रावधान रहेको जनाएको छ ।

मनहरी खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले खेलकुद एक अनुशासित हुनै पर्ने क्षेत्र रहेकाले विना अनुशासित खेलाडी हुन नसक्ने धारणा व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले अनुशासित युवाहरुबाट नै देशको वास्तविक विकास हुने धारणा व्यक्त गरेका थिए । मुख्यमन्त्री पौडेलले मनहरी वडा नम्बर–७ मा मदन भण्डारी क्षेत्रीय रङ्गशालाको समेत शिलान्यास गरेका छन् ।

करीब ७ लाख १७ हजार रुपैया अनुमानित खर्च हुने सो प्रतियोगितामा प्रथम् हुनेले १ लाख रुपैया, दोश्रो हुनेले ५० हजार रुपैयासहित शिल्ड, प्रमाणपत्र पाउने र विभिन्न विधागत पुरस्कार समेत रहेको जनाईएको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट, कार्यकारी प्रमुख देवराज चौलागाई, विभिन्न वडा अध्यक्षसहित खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*