ब्याडमिन्टन प्रतियोगितामा बकैया प्रथम

हेटौडा न्युज
१ पुष २०७७, बुधबार १६:२३
;

मकवानपुर । बकैयामा भएको मैत्रीपुर्ण खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पूर्वी मकवानपुरको बकैया–४ महेन्द्र माध्यमिक विद्यालयमा भएको प्रथम मैत्रिपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बकैया गाउँपालिका प्रथम भएको छ ।

बकैया गाउँपालिका–४ को आयोजनामा भएको प्रतियोगितामा तिन गाउँपालिकाका १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बकैया गाउँपालिका, बागमती गाउँपालिकाका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बकैयाका टिकाराम राई र दिल कुमार राईको टिम प्रथम भएको छ ।

त्यसैगरि हरिहरपुरगढीका कारसाङ लामा र सुक बहादुर बम्जनको टिम द्धितिय र बागमतीका बिरेन्द्र समाल र कलम पोख्रेलको टिम तृतिय भएको छ ।

प्रथम, द्धितिय र तृतिय टिमलाई मेडल, प्रमाणपत्र र सहभागि खेलाडिहरुलाई प्रमाण प्रत्र वितरण गरिएको थियो ।

बकैया गाउँपालिका अध्यक्ष दामोदार खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बकैया ४ का वडा अध्यक्ष राजन दंगालको सभाध्यक्षता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*