माघ ६ बाट हेटौडा भेट्रान्स कप फुटबल
मकवानपुर । हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता माघ ६ गतेदेखी सुरु हुने भएको छ । हेटौंडा भेट्रान्स क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो प्रतियोगिताको छैंठौ संस्करण माघ ६ गतेबाट सुरु हुने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बिषयमा जानकारी दिइएको हो ।
प्रतियोगितको तयारीका लागि विभिन्न उपसमितिहरु बनाएर काम सुरु गरिएको जनाइएको छ ।
हेटौंडा भट्रान्सले स्वाथ्यका लागि खेलकुद भन्ने नाराका साथ हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।
एट ए साइड हुने प्रतियोगितामा चालिस वर्ष माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।
हेटौंडा–४ लोकतान्त्रिक खेल मैदान (हुप्रचौर)मा आयोजना हुने प्रतियोगितामा १६ वटा समूहले सहभागिता जनाउने प्रतियोगिता संयोजक कविन सांगामीले जानकारी दिए ।
छैठौ संस्करणको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्दा उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।
क्लबको आयोजनामा भएको पाचौँ संस्करणको खेलमा बगरभाई खल भेट्रान्स क्लब पोखराले उपाधी जितेको थियो ।











