भारतीय फुटबल क्लबको कप्तानी गर्दै किरण

हेटौडा न्युज
१ माघ २०७७, बिहीबार १४:५१
;

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले भारतीय फुटबल क्लबको कप्तानी गर्ने भएका छन् । किरणले आई लिगमा भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका हुन् ।

बिहीबार लिगमा गोकुलम केराला फुटबल क्लब विरुद्धको खेलमा किरणले पञ्जावी टोलीको कप्तानी गर्ने भएका हुन् ।

सो खेलमा नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित भएकोले किरणले आर्मब्याण्ड लगाउने अवसर पाएका हुन् ।

सिजनको पहिलो खेलमा अइजवाललाई पराजित गरेको पञ्जावले लिगमा दोस्रो खेल खेल्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*