राष्ट्रिय महिला लिग फुटबल माघ ७ गतेबाट

हेटौडा न्युज
२ माघ २०७७, शुक्रबार १४:४४
;

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिगको तयारी पुरा गरेको जनाएको छ । आगामी जनवरी २० (माघ ७) बाट शुरु गर्नगरी राष्ट्रिय महिला लिगको तयारी पुरा गरेको जनाएको हो।

एन्फाको अनुसार प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।

प्रतियोगितामा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागि हुने जनाइएको छ ।

प्रतियोगितमा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमले क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार गरिने छ ।

त्यस्तै उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार, बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन्।

हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् भने टिमले प्रतियोगिताका लागि चार विदेशी खेलाडी पनि भित्र्याउन पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*