शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकपः आर्मी क्लबको पोल्टामा उपाधि

हेटौडा न्युज
७ चैत्र २०७७, शनिबार १९:४७
;

मकवानपुर । गत फागुन २७ गतेदेखि जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज शनिबार हेटौंडामा भएको फाइनल खेलमा आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ लाई १–० को गोल अन्तरले पराजित गर्दै नेपाल आर्मी क्लब प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । आजको खेलमा आर्मी क्लबका क्याप्टेन टेकबहादुर बुढाथोकीले पहिलो हाफको ३८ औं मिनेटमा १ गोल गरेका थिए ।

प्रतियोगितामा विजेता त्रिभुवन आर्मी फुटबल क्लबले नगद रु. १० लाख सहित मेडल र ट्रफि प्राप्त गरेको छ भने उपविजेता आयोजक मकवानपुर ११ ले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

सो प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीको रुपमा आयोजक मकवानपुर ११ का अमिर श्रेष्ठले करीब ५ लाख ५० हजार रुपैयाँको बुलेट बाइक प्राप्त गरेका छन् । आज सम्पन्न प्रतियोगिताको उत्कृष्ट गोल रक्षक त्रिभुवन आर्मी फुटबल क्लबका विश्वास चौधरी, उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मी फुटबल क्लबका दिपक गुरुङ, उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मीका शेषेहाङ आङदम्बे, उत्कृष्ट फरवार्ड आयोजक मकवानपुर ११ का रञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी फुटबल क्लबका नविन न्यौपाने घोषित भए । विद्यागत उत्कृष्ट भएका खेलाडी र प्रशिक्षकले नगद रु २५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी टिम तथा खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख बसन्तकुमार लामा, बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको हो । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतित्थ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*