चौथो बागमती गोल्डकप प्रतियोगिताको तयारी पूरा

हेटौडा न्युज
१३ चैत्र २०७७, शुक्रबार १०:२५
;

मकवानपुर । चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ को सम्पूर्ण तयारी पूरा भएको आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । आज शुक्रबारदेखि सञ्चालन हुने प्रतियोगिताको नेकपा (माओवादी केन्द्र ) स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा ( प्रभाकर)ले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

फापरबारीको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आज दिउँसो २ बजे आयोजक, बागमती खेलकुद विकास समिति र नवजनजागृति युवा क्लब सिमराबीच हुने छ । प्रतियोगितामा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड र अफ्रिकन रुट् एशोसिएशन क्यामरुन गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफीसहित नगद ८ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफीसहित नगद ४ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । प्रतियोगिताका उत्कृष्ट हुने खेलाडीले नगद ५१ हजार प्राप्त गर्नेछन् । फाइनल खेल चैत्र २३ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*