भलिबल प्रतियोगिताको उपाधि शिक्षण संकायलाई

हेटौडा न्युज
३१ चैत्र २०७७, मंगलवार १६:१०
;

मकवानपुर । नवबर्ष २०७८ को अवसरमा हेटौँडा क्याम्पसमा छात्र भलिबल प्रतियोगिता भएको छ । विभिन्न कक्षाका सात समूह सहभागी प्रतियोगितामा बी.एड. प्रथम् बर्षको समूह विजयी भएको छ ।

प्रतियोगितामा कक्षा १२ मानविकी समूह दोस्रो भएको छ । आज मङ्गलबार भएको फाइनल खेलमा बी.एड. प्रथम बर्षले कक्षा १२ मानविकीलाई २५–१७, २५–२२, २२–२५ र २६–२४ को सेटमा पराजित गरेको हेटौँडा क्याम्पसका स्वास्थ्य तथा खेलकुद शिक्षक दिपेन्द्र ढकालले जानकारी दिएका छन् ।

प्रतियोगितामा बी.एड. प्रथम वर्षका अजय माझी उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रथम र दोस्रो हुने समूहलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक मनोज पोखरेलले बताएका छन् । प्रतियोगितामा हेटौँडा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष कमानसिंह पाख्रिन, सदस्य प्रदीप कोइराला, क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*