प्रदेश प्रहरीले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने

हेटौडा न्युज
२ बैशाख २०७८, बिहीबार १७:५४
;

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भोलि बैशाख ३ गते देखि ५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

मकवानपुर जिल्लामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोबीच ब्याडमिन्टन खेलको विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिन लागिएको संचालन गर्न लागिएको प्रवक्ता एसएसपी मीरा चौधरीले जनाएकी छिन् ।

कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता विभिन्न ५ समूहमा सञ्चालन हुने जनाईएको छ । हेटौडास्थित सामुदायिक प्रहरी सेवा केन्द्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुने छ । प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला ब्याटमिन्टन संघ मकवानपुरले गर्ने छ । प्रतियोगितामा उत्कृष्ट ३० जना खेलाडीहरुलाई २ महिनासम्म निशुल्क प्रशिक्षण प्रदान समेत गरिने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*