भीम विराग प्रतिष्ठानमा पुन: श्रेष्ठको नेतृत्व

हेटौडा न्युज
२७ बैशाख २०८३, आईतवार १७:४५
;

मकवानपुर । भीम विराग सङ्गीत साहित्य प्रतिष्ठान,नेपालको अध्यक्षमा पुनः केशवलाल श्रेष्ठ चयन भएका छन् । आज हेटौंडामा भएको प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट अध्यक्ष श्रेष्ठसहित १२ जनाको कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिव माधव पोखरेल, कोषाध्यक्षमा दिनेश सुवेदी, सचिव आशा ढकाल, सदस्यहरुमा अञ्जन दहाल, गोपिनी गौतम, पदमलाल श्रेष्ठ, प्रह्लाद मिश्र, शर्मिला श्रेष्ठ, बालकृष्ण चौलागाई र गहन खतिवडा चयन भएका छन् । बाँकी ३ जना सदस्यलाई मनोनयन गरिने बताईएको छ । प्रतिष्ठानको विधान अनुसार १५ सदस्यीय समिति हुने व्यवस्था छ ।

प्रतिष्ठानले आजै लोक सङ्गीत पुरस्कार लोकदोहोरी गायक राजु परियार, साहित्यिक पुरस्कार सहित्य सङ्गम मकवानपुर, नारी पुरस्कार सङ्गीता थापामगर, सिजैनशील नारी पुरस्कार रविना श्रेष्ठ, स्वास्थ्य सेवा पुरस्कार राजु गुरुङ, भिन्न क्षमता पुरस्कार अमिर बम्जन, बाल पुरस्कार अक्सा खातुन र स्मृति पुरस्कार अप्सरा उप्रेतीलाई नगदसहित पुरस्कृत गरेको थियो ।
प्रतिष्ठानले साहित्य, सङ्गीतको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्नुका साथै नेपाली साहित्य सङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई नगदसहित सम्मान, पुरस्कार दिने गर्दै आएको छ । नेपाली सुगम सङ्गीत क्षेत्रमा प्रसिद्ध भीम विराग श्रेष्ठको सम्मान र स्मृतिमा वि.सं. २०५९ सालमा प्रतिष्ठानको स्थापना भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*