उपाध्यक्ष नेम्बाङ र दुई पत्रकारमाथि छानविन गर्न प्रशिक्षक अल्मुताइरीको निवेदन

हेटौडा न्युज
१४ श्रावण २०७८, बिहीबार १६:४२
;

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन गर्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले निवेदन दिएका छन् ।

नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । त्यसपछि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।

त्यसअघि एक अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको विषयमा प्रश्न गर्दा भएको विवादले पनि सामाजिक सञ्जाल तातिएको थियो ।

यीनै दुई प्रकरणमा आफूसँग जोडिएका दुई पत्रकार र उपाध्यक्ष नेम्वाङमाथि छानविन गर्न माग गर्दै एन्फामा बिहीबार निवदेन दिएका छन् । एन्फाका प्रवक्ता किरण राईले एन्फा मिटिङमा उक्त विषयमा छलफल हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*