विक्रमले लिए डेब्यू खेलको पहिलो बलमै एक विकेट

मकवानपुर । एकदिवसीय खेलमा डेब्यू गरेका नेपाली टिमका तीव्र गतिका बलर विक्रम शोवले आफ्नो पहिलो बलमै विकेट लिएका छन् ।
पपुवा न्युगिनी (पिएनजी) विरुद्ध को खेलमा शोवले आफ्नो पहिलो स्पेलको पहिलो बलमै विकेट लिएका हुन् । ओमानमा भइरहेको खेलमा शोवले दोस्रो ओभरको पहिलो बलमा पिएनजीका टोनी उरालाई बोल्ड गरेका हुन् । सो ओभरमा शोवले मेडन विकेट राख्न सफल भए । खेलमा शोवसँगै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि डेब्यू गरेका छन् ।
ओमानको अमेरात मैदानमा सुरू भएको खेलमा टस हारेको नेपालले पहिले बलिङ गरिरहेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेल्न लागेको हो ।