रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई निर्वाचन आयोगले दियो मान्यता

हेटौडा न्युज
१८ कार्तिक २०७८, बिहीबार १४:०१
;

मकवानपुर । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता र खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

त्यो निर्णयअनुसार विधान संशोधन र केन्द्रीय समिति सदस्य १२४ जना (५ जनाको राजीनामा र एक जनाको मृत्यु भएका कारण) कायम भएको जानकारी गराउँदै विवरण अद्यावधिक गर्न पत्र लेखेको थियो । आयोगले बुधबार विवेकशील साझाको विवरण अद्यावधिक भएको जानकारी गराएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*