बागमती प्रदेशसभाको बैठक भोलि,मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने

हेटौडा न्युज
२१ कार्तिक २०७८, आईतवार १२:५९
;

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलि सोमबार बस्ने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक भोली दिउसो ३ बजेका लागि बोलाईएको सभामुख सानु कुमार श्रेष्ठले जानकारी दिएका छन् । भोली दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा भ्याए सम्म भोली नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सी विस्वासको मत लिने सभामुख श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्रीका निजि सचिब अच्युत लामिछानेले भोलीनै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको बताए । मुख्यमन्त्री पाण्डे विस्वासको मत लिएर मात्र अरु मन्त्रीहरु थप्ने र मन्त्रालयहरु फुटाउ तयारीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*