मन्त्रीको सपथमा पत्रकारलाई प्रवेश निषेध

हेटौडा न्युज
२८ मंसिर २०७८, मंगलवार १९:१०
;

मकवानपुर । बागमती प्रदेशको गठबन्धन सरकारले तेश्रो पटक मन्त्रीपरिषद् विस्तार गरेको छ ।

मंगलबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नियुक्त गरेको ५ जना मन्त्रीलाई आज साझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाए थिए । त्यस्तै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एकजना राज्यमन्त्रीलाई सपथ गराएका छन् । तर सपथ ग्रहण कार्यक्रममा पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाइएको हो । आज सरकारी सञ्चारमाध्यमबाहेक अन्य पत्रकारलाई प्रवेशमा रोक लगाएको थियो ।

प्रदेश सरकार बजेट घाटामा रहेको भन्दै प्रदेश गौरवको आयोजना सुरुङमार्ग र विद्युतीय सवारी सञ्चालनलाई स्थगित गरेका वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनलाई भाग पुर्याउन ८ मन्त्रालय फुटाएर १४ मन्त्रालय पुर्याएको बारे प्रश्न आउने आशङ्कामा पत्रकारलाई रोक लगाईएको हुन सक्ने आकलन गरिएको छ ।

बेलुका ५ बजे सपथ ग्रहण कार्यक्रम हुने भनिएपनि सवा ६ बजे सपथ ग्रहण गराईएको थियो । समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मिहरु प्रदेश प्रमुख कार्यालय गेटबाहिरबाटै फर्किएका थिए । यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शपथग्रहणमा पनि सञ्चारकर्मीहरुलाई प्रवेश गर्न रोक लगाइएकोमा पत्रकारहरुले विरोध गरेपछि पछि प्रवेश दिईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*