माओवादीको प्रदेश–२ सम्मेलन नयाँ नेतृत्वमा सहमति जुटेन
मकवानपुर । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलनले नेतृत्व चयन गर्न असफल भएको छ ।
लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २ सय ६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नेतृत्वसहित पदाधिकारी चयन गर्न नसकेको हो । लामो छलफलबाट नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ ।
माओवादी प्रदेश २ कमिटी संयोजक प्रह्लाद बुढाथोकीका अनुसार जिल्लाका क्रियाशील सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो ।माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेदे २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृतिसभाको अवसरमा नयाँ कमिटीका सदस्यको नाम घोषणा गर्ने तयारी छ । प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष प्रचण्डले घोषणा गर्नेछन् ।