जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता मकवानपुरगढीमा हुने

हेटौडा न्युज
६ पुष २०७८, मंगलवार १७:४५
;

मकवानपुर । जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ ।

आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुस १४ गतेदेखि १७ गते सम्म प्रतियोगिता हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय ६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३ सय ३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राजेश अधिकारीले बताए । प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले प्रायोजन गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा टिम दर्ता गर्न २ हजार दस्तुर लाग्ने र टिम दर्ता १३ गते दिउँसो ३ बजे सम्म गरिसक्नुपर्ने कार्यक्रम संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताए । खेलको टाइसिट भने पुस १३ गते नै दिउँसो ४ बजे सार्वजनिक गरिने उनले बताए । प्रतियोगितामा करिब १० देखी १४ वटा टिमले नाम दर्ता गर्नसक्ने अनुमान आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*