हेटौंडामा प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको उद्घाटन

हेटौडा न्युज
१४ पुष २०७८, बुधबार १५:५०
;

मकवानपुुर । बुधवार हेटौंडामा प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको उद्घाटन भएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको बीउ विजन प्रयोगशालाको भवनमा प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको उद्घाटन गरिएको हो । बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईले केन्द्रको उदेघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री हुमागाईले बागमती प्रदेशलाई बीउ विजनको क्षेत्रमा आत्मनिर्भर बनाउने उदेश्यका साथ प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको उद्घाटन गरिएको बताए । यस्तै प्रदेश बीउ विजन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले प्रदेशलाई बीउ विजनमा आत्मनिर्भर बनाउन सिड मिसन उत्पादनका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

कार्यक्रममा बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधान, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक रामप्रकाश प्रधान, कृषि तथा पशुपन्छी मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*