मकवानपुरमा महिला प्रहरी ब्यारेक भवन उद्घाटन

मकवानपुर/जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र महिला प्रहरीका लागि नवनिर्मित ब्यारेक भवनको उद्घाटन भएको छ ।
ब्यारेक भवनको बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने तथा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले उद्घाटन गरेका हुन् ।
५०४.०९ वर्गमिटरमा फैलिएको नवनिर्मित दुईतल्ले ब्यारेक भवनमा सभाहलसहित शौचालय तथा स्नानगृहको व्यवस्था रहेको छ । २०८० असोज ८ गते निर्माण सम्झौता भएको भवन एक करोड ९५ लाख ७३ हजारको लागतमा निर्माण सम्पन्न भएको उद्घाटनका अवसरमा जानकारी गराइएको थियो ।
सो अवसरमा निर्माण कम्पनी गौरीशंकर कन्स्ट्रक्सनका सञ्चालक पवनकुमार मिश्र, वरिष्ठ प्रहरी हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फिलाल साहलाई प्रशंसा पत्रसहित पुरस्कृत गरिएको छ ।