बालुवाटारमा सरकार समन्वय समितिको बैठक

हेटौडा न्युज
२३ पुष २०७८, शुक्रबार ११:५८
;

मकवानपुुर । बालुवाटारमा गठबन्धन सरकार समन्वय समितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिबाट बैठक सुरू भएको हो । बैठक राष्ट्रियसभाको निर्वाचन, सदनमा एमालेले गरिरहेको अवरोधलगायत समसामयिक राजनीतिमा केन्द्रित रहेको एक नेताले बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपेन्द्र यादव, दुर्गा पौडेल लगायतका सत्ता गठबन्धनमा सहभागी शीर्ष नेता सहभागी छन् ।

समन्वय समितिको हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*