प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण

हेटौडा न्युज
२४ पुष २०७८, शनिबार १०:४०
;

मकवानपुुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।

शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना ङ्ंक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना सङ्क्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् । डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत अनुरोध सचिवालयले गरेको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । आफूलाई कोरोना सङ्क्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*